दलित पत्रकार संघको अध्यक्षमा विनोद पहाडी
बुटवल । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको शुक्रबारदेखि चलेको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार बिहान सम्पन्न भएको छ । महाधिवेशनले संघको संस्थापक अध्यक्ष विनोद पहाडीलाई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
संविधानसभा सदस्य समेत रहिसकेका पहाडी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष समेत हुन् । महाधिवेशनले वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, खुल्ला उपाध्यक्ष मिलन परियार, प्रदेश उपाध्यक्षहरूमा पर्वर पोर्तेल, भोला पासवान, बुद्धि विश्वकर्मा दिपक परियार, विनोद परियार, टेकेन्द्र विश्वकर्मा र करन ताम्राकार, सर्वसम्मत निर्वाचित भएका छन् ।
महासचिवमा लक्ष्मण दर्नाल निर्वाचित भएका छन । सचिवहरूमा सन्तोष गन्धर्व, रिता बुढाथोकी, बिरु नेपाली निर्वाचित भएका छन् । कोषाध्यक्ष भीमबहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । पदाधिकारीसहित ४१ सदस्यीय केन्द्रिय कमिटी निर्वाचित भएका छन् ।
त्यस्तै ३ सदस्यीय अनुसासन आयोग समेत गठन भएको छ । केन्द्रीय सदस्यीय खुल्लातर्फ अमर सुनार , राधेश्याम विक , प्रवीण गजमेर , प्रेम सुनार , सरिता बराइली , मानसिंह विक , पिबी दियाली , फुलु सुनार , सञ्जय सौगात, राजेश सुनाम , वसन्त विक , भीमबहादुर नेपाली गन्धर्व , राजन गाउँले, वसन्त विश्वकर्मा, किसान सङ्गीत नेपाली निर्वाचित भएका छन् ।
महिला सदस्य पूर्णिमा जनला, राधा नेप, अनितकुमारी , सुनित नेपाली , शान्ति गजमेर र मालती विक निर्वाचित भएका छन् ।