चितवनमा ट्रक र जिप ठोक्किँदा एकजनाको मृत्यु


चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा ट्रक र जिप एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 



कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा १८ च १३७१ नम्बरको जिप राप्ती नगरपालिका–३ मार्तलपुल नजिक एकापसमा ठक्कर खाएको हो। ठक्करबाट तरकारी बोकेको ट्रक सडकबाट १० मिटर तल खस्दा जिप चालक फुयालको घटनास्थालमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।




यस्तै‚ दुर्घटनामा जिपका सहचालक तनहुँको बन्दीपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापा घाइते भएको प्रहरीले जनाएको छ। घाइते थापाको पुरानो मेडिकल कलजेमा उपचार भइरहेको छ। ट्रक, जिप र चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन्।



सम्बन्धित
Loading...