कन्टेनर र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु


काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा आइतबार राति साढे नौ बजे कन्टेनर र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।



एकान्तकुनाबाट ग्वार्कोतर्फ जाँदै गरेको ना२ख ७५८३ नम्बरको कन्टेनर र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२ ०१८ प ८३६९ नम्बरको मोटरसाइकल राति साढे नौ बजे आपसमा ठोक्किएका थिए ।मृत्यु हुनेमा कास्कीका ३७ वर्षीय गणेश प्रसाद अधिकारी रहेको प्रहरीले जनाएको छ ।




प्रहरीका अनुसार उनको नर्भिक अस्पतालमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको हो दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार ललितपुर बस्ने ३२ वर्षीय रवि श्रेष्ठ घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको र सोही अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।दुवै सवारी साधनसहित कन्टेनर चालकलाई महानगरीय प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएको छ ।



सम्बन्धित
Loading...