४३ विमानस्थल घाटामा, दर्जनभन्दा बढी गौचरण बने


काठमाडौंको त्रिभुवन विमानस्थलसहित देशभर निर्माण सम्पन्न भएका विमानस्थलको संख्या ५३ छ । यसमध्ये १० वटा विमानस्थल मात्र नाफामा सञ्चालन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको छ ।



प्राधिकरणले निकालेको आर्थिक वर्ष २०७२/७३ यताको पाँच वर्षको औसतः आम्दानी तथा खर्च विवरण अनुसार त्रिभुवन विमानस्थल, हिमाली भेगका दुई र तराईका सात विमानस्थलमात्र नाफामा छन् । ४३ वटा विमानस्थल घाटामा छन् र तीमध्ये कतिपय त आम्दानीविहीन नै छन् ।




प्राधिकरणका सबैभन्दा राम्रो आम्दानी गर्नेमा त्रिभुवन विमानस्थल नै छ । अन्तर्राष्ट्रिय विमानस्थल हुनु र यात्रु र उडानको संख्या बढी हुने कारणले काठमाडौंले स्वाभाविक रुपमा बढी आम्दानी गर्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् । त्रिभुवन विमानस्थल अहिले नेपाललाई अरु देशहरुसँग हवाईमार्गसँग जोड्ने एक मात्र विन्दु हो ।


सम्बन्धित
Loading...