जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं– विवाहको प्रलोभन देखाई १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बारा जितपुर सिमरा उपमहानगरपालिका–१० बेहरा टोल बस्ने ३० वर्षीय रमेश हजरा पासवानलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ती किशोरीलाई विवाह गर्छु भनी विश्वास दिलाई वीरगञ्जस्थित एक लजमा लगी रमेशले पटकपटक करणी गरेका थिए ।

करणी गरी गर्भ बोकाएको भन्दै उनीविरुद्ध फागुन २१ गते जाेहरी परेको थियो ।

प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...