फिलिपिन्समा गिर्जाघरमा विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु


दक्षिणी फिलिपिन्सस्थित एउटा रोमन क्याथोलिक कथिड्रलमा दुईवटा बम विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान भएको छ भने कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्।



होलो टापुस्थित गिर्जाघरमा ‘मास सन्डे’ मनाउने क्रममा पहिलो विस्फोट भएको थियो। सो टापुमा इस्लामवादी लडाकुहरू सक्रिय छन्।

विस्फोटपछि सेनाले आवश्यक सुरक्षा कदम चालेपछि कार पार्किङ्गमा दोस्रो विस्फोट भएको थियो।




मुस्लिम बहुल एउटा क्षेत्रमा बृहत्तर स्वात्तताको प्रस्तावमाथि जनमतसङ्ग्रह गराइएको केही दिन नबित्दै विस्फोटका घटना भएका हुन्।

हमलाको कुनै पनि समूहले अहिलेसम्म जिम्मेवारी लिएको छैन। अबु सय्याफ लगायतका समूहको विद्रोहका लागि होलो लामो समयदेखि आधार क्षेत्र रहँदै आएको छ।

स्थानीय अधिकारीहरूका अनुसार स्थानीय समय अनुसार बिहान पौने ९ बजे ‘द कथिड्रल अफ आवर लेडी अफ माउन्ट कार्मेल’ पहिलो विस्फोट गराइएको थियो।

विगतमा पनि त्यहाँ विस्फोटहरू गराइएको दृष्टान्त छन्।

त्यसको केही समयपछि गिर्जाघरको ढोकामा अर्को विस्फोट भएको थियो। अधिकांश पीडितहरू सर्वसाधारण रहेको बताइएको छ।



सम्बन्धित
Loading...