रजहर प्राकृतिकमा ६५ प्रतिशत मत खस्यो


 



रजहर (नवलपुर) ।

पूर्वी नवलपरासीको रहजरमा रहेको प्राकृतिक चिकित्सालयमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ ।
कुल १ हजार ३१ जना मतदाता रहेकोमा ६ सय ६९ मत अर्थात ६५ प्रतिशत मत खसेको निर्वाचन समितिका संयोजक गोविन्द शर्मा गैरेले जानकारी दिए ।





अब केही बेरमा मतगणना शुरु हुने जनाइएको छ । अन्य सबै पदमा सहमति भए पनि वरिष्ठ उपाध्यक्ष र सचिव पद गरी २ पदका लागि निर्वाचन भएको हो ।

वरिष्ठ उपाध्यक्ष पदका लागि पेयु नारायण न्यौपाने (प्रेम) र कृष्णप्रसाद तिवारी (ऋषि) को उम्मेदवारी परेको छ भने सचिवमा प्रदिपराज घिमिरे र टोपराज कोइरालाको उम्मेदवारी परेको छ ।



सम्बन्धित
Loading...