मध्यविन्दु कलेजमा क्रान्तिकारीको ईकाई गठन




कावासोती । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीमा विकास गुरूङ्गको नेतृत्वमा २९ सदस्सीय प्लस टु मूल ईकाई समिति निर्माण गरेको छ ।

उपाध्यक्षहरूमा अनि खरेल, शिशिर दाहाल, विनय रसाईली, शुशन काफ्ले, सचिवमा स्मृति कार्की, सहसचिवहरूमा प्रतिमा पोख्रेल, अग्रिम परियार, अर्जुन भूषाल, अनुज शर्मा, कोषाध्यक्षमा सिजन भण्डारी चयन भएका छन् ।




विकास रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हरि सिग्देल रहेका थिए ।

अखिल क्रान्तिकारीका जिल्ला संयोजक ईश्वर गैह्रे, सचिवालय सदस्य नविन पाठक, प्लस टु कल्याण मञ्च, मध्यविन्दु बहुमुखी क्याम्पसका अध्यक्ष आयुष ढकाल, मध्यविन्दु क्याम्पसको मूल ईकाई कमिटिका नेता क्षितिज शर्माको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण अखिल क्रान्तिकारीका जिल्ला नेता प्रविन रानाभाटले गरेका थिए ।

सर्वाेच्च अदालतको पछिल्लो निर्णय पछि नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेले छुट्टाछुट्टै कमिटिहरू निर्माण गरिरहेका छन् ।

https://www.youtube.com/watch?v=nTrGXrEWWlY



सम्बन्धित
Loading...