खोलामा बालिकाको नग्न अवस्थामा शव फेला

0

मोरङ । मोरङको विराटनगर महानगरपालिका ८ स्थित सिघिंया खोलामा एक बालिकाको शव भेटिएको छ । आइतबार दिउँसो स्थानीय ११ वर्षीया रुपमती दासको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । खोला नजिकै रहेको बस्तीकी ती बालिका शनिबार राति घरबाट हराएकी थिइन् ।



शनिबार साँझ अभिभावक टीभी हेर्न छिमेकमा गएका थिए । त्यसबेला घरमा सुतिरहेकी बालिका अभिभावक फर्किदा घरमा थिइनन् । छोरी साथीको घरमा गएको अनुमानले राती खोजि नगरि आफूहरु सुतेको बुबा रामप्रसाद दासले बताएका छन् । विहानपनि घर नफर्किएपछि भने आइतबार विहान बुबा रामप्रसादले छोरी खोजि दिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।

त्यसको केही बेरमा प्रहरीले पानीमा डुबेको शव नग्न अवस्थामा फेला पारेको हो । शव पोष्टमार्टमका लागि पठाएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको अाजका पत्रपत्रिकाहरूमा खबर प्रकाशित छ।




बालिकाकाे शव घरदेखि करिब ५०० मिटर पर सिंघिया खोलामा माछा मार्न जानेले देखेका थिए । शव भेटिएको स्थान विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिका–२ को सिमा क्षेत्रमा पर्छ । दुबैतर्फ वस्ती पातलो छ । पानीमा तैरिरहेको अवस्थामा भेटिएकी बालिकाको मुखबाट रगत बगेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार शवको पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटना संवेदनशील देखिएकाले अनुसन्धानका लागि छुट्टै टिम बनाइएको केसीले जानकारी दिए ।



सम्बन्धित
Loading...