कांग्रेस नेता कोइरालाको निधन




विराटनगर– नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन भएको छ ।  ७८ वर्षको उमेरमा निधन भएको हो ।

अशोक पूर्व प्रधानमन्त्री स्वः सुशील कोइरालाका भाइ हुन् । निमोनियाले सताएपछि कोइरालालाई विराटनगरस्थित न्यूरो अस्पतालमा तीन दिनदेखि उपचार भइरहेको थियो ।




गएराति १ बजे उपचारका क्रममा कोइरालाको निधन भएको मोरङका कांग्रेस सचिव नागेश कोइरालाले बताए ।

अहिले उनको शव विराटनगरस्थित घरमा राखिएको छ । दिउँसो हाटखोलास्थित समसाम घाटमा अन्त्येष्टी गरिने छ ।

कांग्रेस महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, शेखर कोइराला काठमाडौँबाट विराटनगर आउँदै छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा जाने बताइएको छ । विराटनगरका पूर्वमेयर, संविधान सभा सदस्य कोइराला मोरङ कांग्रेसका पूर्व सभापति हुन् ।

शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको अध्यक्ष हुदा अशोक कोइराला उपाध्यक्ष थिए ।



सम्बन्धित
Loading...