दाउन्ने बजारमा लागुऔषध सहित एक जना पक्राउ


यम बहादुर सोमै –



नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारबाट नवलपुर प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

नवलपुर प्रहरीका अनुसार दाउन्ने बजारमा पैदल हिडिरहेका यात्रु रौतहट जिल्लाको गौर नगरपालिका ७ बस्ने १८ बर्षीय पवनकुमार दासलाई नवलपुर प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।




उनको साथबाट नवलपुर प्रहरीले ३१ एम्पुल नुफिन र ३१ एम्पुल फेनारागन बरामद गरेको जनाएको छ ।



सम्बन्धित
Loading...