बैंकिङ कसूर मुद्दामा फरार एक जना पक्राउ


बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् ।

 



पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ४ धुम्बाराही बस्ने झापा गौरादहका ५१ वर्षीय उपेन्द्र प्रसाद ढुङ्गाना रहेका छन् । उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा १ महिना कैद र १ करोड ८५ लाख रुपैयाँ जरिवाना ठहर गरेकाे थियाे । बैंकमा पर्याप्त रकम नभएको जानीजानी प्रभु बैंककाे खाली चेक काटेर दिइ पीडितलाई झुकाएका थिए । उनलाई प्रहरीले काठमाडौं धुम्बाराहीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ ।



सम्बन्धित
Loading...