श्रीमानसँगै होटलमा बसेकी महिला भेटिइन् मृत
कैलाली । धनगढीमा श्रीमानसँगै होटलमा बसेकी एक महिला मृत फेला परेकी छिन्। मृत महिला कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी कमला रोकाया हुन् । उनी बिहीबार धनगढी ३ को सौराइ होटलमा भुइँमा सुतेको अवस्था मृत फेला परेकी हुन्।
मृत फेला परेकी ती महिला भारतको पन्जाबमा बस्दै आएकी थिईन् । जग्गासम्बन्धी काम भएकाले उनी धनगढी आएकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।उनको मृत्युपछि श्रीमान सुर्जल रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना शंकास्पद रहेकोले थप अनुसन्धान कार्य भईरहेको छ । घटनाको विशेष तरिकाबाट अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
