समयमै दमकल नपुग्दा घर जलेर नष्ट
चितवन । चितवनको कालिका ८, चिसापानीमा बिहीबार बिहान १० बजे आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जनशक्ति टोल स्थित पुष्प परियारको घर जलेर पूर्ण रूपमा नष्ट भएको हो ।
बिजुलीको लाइन सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन् । स्थानीय, दमकल र प्रहरीको सहयोगमा करिब डेढ घन्टापटि आगो नियन्त्रणमा आएको थियो ।
समयमै दमकल नपुग्दा घर पूर्ण रूपमा क्षति हुन पुगेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ ।
