सोमैको अध्यक्षतामा ११ सदस्यीय क्रान्तिकारी पत्रकार नवलपुर गठन


कृशला सापकोटा-



नवलपरासी, ७ चैत्र । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरको शनिबार कावासोतीमा भएको दोस्रो जिल्ला भेलाले यमबहादुर सोमैको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

लोकनाथ पंगेनीको अध्यक्षतामा भएको भेलाले उपाध्यक्षमा कल्पना गौतम, सचिवमा भीमबहादुर गाहा, कोषाध्यक्षमा संगिता तिमिल्सिनालाई चयन गरेको छ ।




त्यसैगरी सदस्यहरुमा कमल कुँवर, मनिसा ढकाल, दीपक अर्याल, अप्सरा पोख्रेल लगायत चयन भएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष नारायण पंगेनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुल, क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।



सम्बन्धित
Loading...