नवलपुर क्याम्पसको १३ औं बार्षिक उत्सव सम्पन्न




गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नागरिकको नैसर्गिक अधिकारभित्र पर्ने शिक्षा र स्वास्थ्य राज्यले ग्यारेण्टी गर्नुपर्ने बताउनु भएको छ ।

नवलपुरको कावासोती १४ त्रिभुवनटारमा रहेको नवलपुर बहुमुखी क्याम्पसको १३ औं बार्षिक उत्सव तथा छैटौं क्याम्पस सभामा आएका प्रदेश प्रमुख शेरचनले अहिलेको शिक्षाले बेरोजगारी मात्र उत्पादन गरेकाले प्राविधिक शिक्षालाई विशेष ध्यान दिनुपर्ने समेत बताउनुभयो ।




क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमराज दाहालको अध्यक्षमा भएको कार्यक्रममा प्रदेश सांसद विष्णुप्रसाद लामिछाने, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य किशन शर्मा गैरे लगायतको उपस्थिति रहेको थियो ।

https://www.youtube.com/watch?v=MiJLjAgEl40



सम्बन्धित
Loading...