४० वर्षपछि भारतीय जेलबाट मुक्त भएका दुर्गाप्रसाद तिम्सिना नेपाल आइपुगे
भारतीय जेलमा ४० वर्ष बसेका दुर्गाप्रसाद तिम्सिना नेपाल आइपुगेका छन्। शनिवार कलकत्ता स्थित जेलबाट रिहा भएका उनी आइतबार विहान काकडभित्ताबाट नेपाल प्रवेश गरेका हुन।
आजै उनी आफ्नो घर इलाम जाने छन्। इलामको माइ नगरपालिका १० स्थीत घर पुगेर उनले आफ्नी ८६ वर्षिय आमालाई भेट्ने छन्। जेलबाट छुटेका तिम्सिनाले आमाको लागि मिठाइ समेत ल्याएका छन्।
