प्रथम सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता सुस्तामा सुरु


श्याम थापा –



सुस्ता ८ चैत – स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा प्रथम सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ ।




सुस्ता ४ नर्सहीमा रहेको जर्लैया युवा क्लब र एकता युवा क्लबको ब्यवस्थापन र सुस्ता गाउँपालिकाको आयोजनामा सुस्ता गाउँपालिका वार्ड न ४ नर्सहीमा रहेको खेलमैदानमा आइतबार देखी प्रथम सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य अजय कुमार शाहीको प्रमुखअतिथ्यतामा,सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षयतामा र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका सभापति शिव शंकर रायको बिशेष अतिथ्यतामा एक कार्यक्रम गरि फुटबल प्रतियोगितालाई उद्द्घाट्न गरिएको छ ।

प्रतियोगिताको पहिलो उद्द्घाट्न खेलमा मायादेवी युवा क्लब खैरहनी रुपन्देही र हिमालयन युवा क्लब सरावल पश्चिम नवलपरासी बिच खेल भएको थियोे । भने आइतबारको खेलमा हिमालयन युवा क्लब सरावल बिजयी भएको छ । प्रतियोगितामा हिमालयन युवा क्लबले २ गोल मायादेबि युवा क्लबको गोल पोस्टमा प्रहार गरेको थियोे भने मायादेबि युवा क्लबले १ गोल हिमालयन युवा क्लबको गोल पोस्टमा प्रहार गर्न सफल भएको थियो ।

यहि चैत ८ गते देखि भएको प्रथम सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता चैत २० गते फाइनल हुने र फुटबल प्रतियोगितामा १२ वटा टिम दर्ता भएको छ ।

सो फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ थान कप सहित १ लाख ११ हजार १ सय ११ नगद रकम र द्वितीय टिमलाई ५५ हजार ५ सय ५५ रुपैया नगद सहित १ थान कप पुरस्कार रहेको आयोजकले जनाएको छ ।


सम्बन्धित
Loading...