लकडाउनको शुल्क मिनाहा माग गर्दै मध्यविन्दु क्याम्पसका विद्यार्थी आन्दोलित


अर्जुन अविरल –



कावासोती । कावासोतीको मध्यबिन्दु बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् । क्याम्पसले लकडाउनको अवधिमा नपढाइकन विद्यार्थीबाट लिएको शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै कलेज हातामा टायर बालेर नाराबाजी गरेका छन् ।
आइतबार बिहानैदेखि विद्यार्थीले कलेजमा नाराबाजी गरेर पठनपाठन ठप्प पारेका थिए ।




प्लस टु कल्याण मञ्चले विद्यार्थीबाट कलेजले लिएको शुल्क फिर्ता गर, विद्यार्थी एकता जिन्दावाद, शैक्षिक माफिया मुर्दाबाद जस्ता नारा लगाएका थिए ।

कजेलको प्लस टुमा १४ सयभन्दा बढी विद्यार्थी रहेका छन् । यो क्याम्पस पठनपाठनमा देशकै उत्कृष्ट र विद्यार्थी संख्या धेरै भएको कलेजमा पर्दछ । क्याम्पसमा पहिलोपटक देखिने गरी आन्दोलन भएको हो । कलेज बाहिर सुरक्षाकर्मी परिचालित थिए ।



सम्बन्धित
Loading...