ठुठीबारी महेशपुर नाका पूर्ण रुपमा नखुल्दा समस्या


रामकरण हरिजन –



न्वलपरासी । पश्चिम नवलपरासी ठुठीबारी महेशपुरको नाका पूर्ण रुपमा नखुल्दा नेपाल भारत आउन जान सीमा क्षेत्रका बासिन्दालाई सास्ती भएको छ ।




भारतीय सीमा सुरक्षा बल एसएसबीले भारतबाट नेपाल आउने सवारी साधनलाई मात्र नेपालतर्फ आउन र भारत फर्कन दिने तर नेपालका सवारी साधनहरुलाई भारततर्फ जान र नेपालीहरुलाई समेत भारततर्फ जाँन नदिंदा सास्ती भएको हो ।

नेपाल भारतका सीमा क्षेत्रका बासिन्दा बीच रोटीबेटीको सम्बन्ध समेत रहेका कारण सीमा वारी पारी कोही आफन्त विरामी हुँदा, निधन हुँदा समेत पारिवारिक भेटघाटमा जान समेत नपाइएको स्थानीय रामनरेश यादवले बताए ।

कतिपय भारतीय सुरक्षाकर्मीलाई छलेर खेतको बाटो आउने जाने गर्दा समेत भारतीय सीमा सुरक्षा बल एसएसबीले देखे रोकि हाल्ने गरेको अर्का स्थानीय रामचन्द्र उपाध्यायले बताए ।

कोरोनाका कारण लकडाउन बेला बन्द गरिएका नेपाल भारत सीमा क्षेत्रका नाकाहरु क्तिपय खुलिसकेको भए पनि पश्चिम नवलपरासीको ठुटीबारी महेषपुर नाका अझै पूर्ण रुपमा खुलेको छैन ।

विदेशबाट भारतीय बाटो प्रयोग गरेर आएका नागरिकहरु समेत कागजी प्रक्रिया पुरा गरी पूर्व स्वीकृति लिएर मात्र जाने गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताए ।

पाठकले भने नाका पूर्ण रुपमा खोल्नका लागि माग गर्दै माथिल्लो निकायमा अनुरोध गरिसकेको भए पनि अझै पूर्ण रुपमा खोल्न कुनै निर्देशन तथा निर्णय नआएको पाठकले बताए ।

भारतमा पढने विद्यार्थी, विरामी मान्छेलाई औषधि उपचार गराउन, विवाह आदि कार्यमा भेट गर्न जान भने छुट दिइएको ठुठीबारीका एसएसवि प्रमुख नवकुमार सिंहले दावी गरे ।



सम्बन्धित
Loading...