पैरवी तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम



महेश यादव –



९ चैत – बर्तमान समयमा बढ्दै गएको बिभिन्न समस्य लाई मध्यनजर गर्दै सरावल गाउँपालिका स्तरिय संवाद किशोर किशोरी सञ्जालकाे अायाेजना र एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनको सहयोग तथा सरावल गाउँपालिकाकाे समन्वयमा सरावल ३ पिपरामा पैरवी तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

सरावल गाउँपालिका भित्र रहेका एबिसि नेपाल द्धारा सञ्चालित संवाद केन्द्र , जनबिकास किशोर किशोरी सञ्जाल , संवाद किशोर किशोरी सञ्जाल र प्रतिभा किशोर किशोरी सञ्जालका किशोर किशोरहरुलाई पैरवी तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम दिईएकाे हाे ।




सञ्जालका अध्यक्ष महेश यादवकाे अध्यक्ष्ाता तथा एबिसि नेपालका क्षेश्रीय प्रमुख मनाेज लामिछानेको प्रमुख अतिथता र सामुदायिक रेडियो परासी का प्रबन्धक निर्देशक मेघराज गाैतमकाे बिशिस्ट अतिथता रहेको कार्यक्रममा बाेल्दै प्रमुख अथिति लामिछानेले बर्तमान समयमा भएको क्रियाकलाप लाई बिर्सेर बिगतमा गरेको काम लाई सम्झि भबिस्यकाे थालनि गर्नु गलत हाे ।

किशोर किशोरीहरूले स्थानीय समस्या समाधान र विकास कार्यमा सहयोग गर्नका लागि भबिस्यकाे तालनि गर्नु भन्दा बर्तमान लाई उजागर गर्दै समस्या समाधान र विकासमा भुमिका निर्वाह गर्नु पर्ने बताउनु भएको थियो । साथै किशोर किशोरीहरूले स्थानीय समस्या समाधान र विकास का लागि स्थानीय जनप्रतिनिधि र सराेकारवालाहरुसग्ग पैरवी गरि समस्या समाधान का उपायहरु अपनाउनु पर्ने बताए ।र साथै पैरवी तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिममा सिकेका कुराहरुलाई ब्यवहारिक जीवन मा प्रयोग गरि समाजमा भएको विभिन्न घटनाहरुलाई समाधान गर्नु अवाश्क भएको समेत बताउनुभयो ।

कार्यक्रममा बाेल्दै बिशिस्ट अतिथि गाैतमले तालिममा प्राप्त ज्ञान र उपलब्धिहरुले समाज विकासको कार्यमा सहयोग पुग्ने भएको ले किशोर किशोरीहरुले विकासकाे फाटाेमा अगाडि बढनु जरुरि छ। वर्तमान समयमा विकासकाे गतिमा ढिलाहनुकाे मुख्य कारण अावश्क जनशक्ति परिचालन गर्न नसकेकाे हाे ।

अाधुनिक युगमा रेडियो र पत्रपत्रिकाले सुचना प्रसारण गरेर पनि विकासकाे कार्यमा सहयोग पुगेको देखिन्छ । र समाजमा भएका विभिन्न समस्या र विकासकाे कार्यहरुलाई सहि मार्ग निर्देशन दिन र संचार काे मध्यमा पुर्‍याएर सहयोग गर्न किशोर किशोरीहरु लाई अाग्रह गर्नुभएको थियो ।

साे अवसरमा बाेल्दै अध्यक्ष यादवले यस तालिम बाट सिकेका कुराहरूलाई अाफ्नाे व्यहारिक जिवनमा लागू गर्ने र पैरवी तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिममा सिकेका सम्पूर्ण कुराहरुलाई समाज परिवर्तन र समस्या समाधान गर्न र विकास कार्यका लागि प्रयोग गर्ने बताउदै समाज सुधार र बिकास काे पाटाेमा किशोर किशोरीहरुकाे अहम भुमिका रहेको समेत बताए ।

कार्यक्रममा एबिसि नेपालका सहजकर्ता राजमन बरई , जानकि गाैड ,दुर्गा बिक लगायतका ३५ जना किशोर किशोरीहरुकाे सहभागीता रहेको थियोे । साे कार्यक्रममा कुशल प्रशिक्षक एबिसि नेपाललका सुपरवाईजर सुन्नर हरिजनले प्रशिक्षण गर्नुभएको थियो



सम्बन्धित
Loading...