मनाङेले लिए शपथ
काठमाडौँ — निर्वाचित भएको करिब एक वर्षपछि दीपक मनाङे भनिने राजीव गुरुङले गण्डकी प्रदेशसभा सदस्यको रुपमा सोमबार शपथ लिएका छन् । मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारमा निर्वाचित गुरुङलाई सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा सचिवालयमा शपथ खुवाए ।
शपथ लिएपछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गुरुङले ढिलो भएपनि शपथ लिन पाएको बताए । उनले जुन उद्देश्य र कामले प्रदेशसभामा आएको त्यो पुरा गर्ने बताए । उनले नेकपाको प्रदेश सरकारले राम्रो काम गर्ने बेलासम्म सहयोग गर्ने बताएकाे कान्तिपुरमा खबर छ ।
‘अहिल्यै कुनै पार्टीमा प्रवेश गर्ने सोचाई छैन’, उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रम जलविद्युत, सडक र शिक्षाको क्षेत्रमा काम गर्ने बताए ।’ जेल जान र निर्वाचित भएर संसद जाँदाको अनुभव कस्तो रह्यो भन्ने संचारकर्मीको प्रश्नमा उनले आफू जेललाई घर बनाउन सक्ने व्यक्ति भएको बताए । उनले जेल नबुझेको मान्छेले नेपाल बुझ्न पनि नसक्ने बताए ।