नारायणगढ–बुटवल सडक विस्तारका काम पुनः ठप्प


राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम ठप्प छ ।  शुक्रबारदेखि रोकिएको काम चार दिन बितिसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन ।



मजदूरको पारिश्रमिक दुई महिनादेखि रोकिएको भन्दै निर्माण ठप्प पारिएको हो ।

आयोजनाले पारिश्रमिक दिन ढिलो गरेको जनाउँदै शुक्रबारदेखि नै मजदूरहरु निर्माण स्थलमा जान छोडेपछि सडक विस्तार ठप्प भएको हो । नारायणगढ–बुटवल सडक आयोजनाका प्रमुख रमेशकुमार दिष्टीले मजदूर सडक निर्माणमा नआउँदा काम ठप्प भएको जानकारी दिए ।




आयोजनाको खण्ड (क) को विभिन्न स्थानमा करीब ४०० मजदूरले सडक विस्तारमा संम्लग्न थिए । सो सडक विस्तार आयोजनाको काम मजदूरले दोस्रोपटक बन्द गरेका हुन् ।

यसअघि केही महिनापहिले ठेकेदार कम्पनीले श्रम कानूनअनुसार व्यवहार नगरेको भन्दै उनीहरुले हडताल गर्दा सडक विस्तारको काम प्रभावित बनेको थियो । एक हप्तापछि सम्झौता भएर पुनः अगाडि बढेको थियो ।



सम्बन्धित
Loading...