होटलभित्र जुवाको खालः यसरी पुगे प्रहरी
नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१ स्थित एक होटलमा जुवा खालमा प्रहरीले छापा मारेको छ ।
होटल ग्रिन फोरेस्टमा जुवा खेलीरहेको अबस्थामा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व र इलाका प्रहरी कार्यालय गैंडाकोटको संयुक्त टोलीले सोमबार छापा मारेको हो । प्रहरीले जुवा तास खेलीरहेको अबस्थामा ८ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीहरुको साथबाट दुई लाख २५ हजार पाँच रुपैयाँ, १६ सय १० भारतीय रुपैयाँ, किसान बचत तथा ऋण सहकारी संस्थाको ४९ हजार रुपैयाँको चेक बुक र तास बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।