नवलपरासीमा ७४ जना कुष्ठरोगका नया बिरामी


नवलपरासी । नवलपरासीमा कुष्ठरोगका नयाँ विरामी फेला पर्ने क्रम बढेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र केउरेनीका डा. त्रिभुवन तिवारीले गत बर्षको तथ्याडक अनुसार नवलपुर पुर्ब र पश्चीममा गरी ७४ जना कुष्ठरोगका नया बिरामी देखिएको बताए ।
उनले नवलपुरमा पनि कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको बताए ।
नवलपरासीमा सघन रुपमा रोगीको खोजी गर्न थालिए पछि गत आर्थिक बर्षमा मात्रै यो तथ्यांक बाहिर आएको हो ।
समयमै उपचार गरे कुष्ठरोग निको हुने भए पनि अझै कृष्ठरोग लागेका विरामीहरु अस्पतालको पहुँचमा पुग्न नसकेको पाइएको उनले बताए ।
६६ औं विश्व कुष्ठरोग दिवसको अवसरमा कावासोतीमा आयोजित कार्यक्रममा सहभागीहरुले कुष्ठरोग लागेका बिरामीलाई बिना भेदभाव समाजमा पुर्नस्थापना गर्नुपर्नेमा जोड दिए ।
६६ औ विश्व कुष्ठरोग दिवसको अवसरमा कोपीला नेपाल पोखरा, कुष्ठरोग निवारण संघ पोखरा र अपांग पुर्नस्थापना केन्द्र नवलपुरको आयोजनामा गरिएको अपांङ्गता र कुष्ठरोग प्रभावित ब्यक्तीहरुको अधिकार तथा समावेशीकरण सम्बन्धी अभीमुखीकरण कार्यक्रम गरिएको हो ।
कुष्ठरोग निवारण संघ पोखराका कार्यक्रम अधिकृत टेकमान प्रधानाङ्गगले कुष्ठरोगप्रति गलत धारणा र कुष्ठरोगीप्रति विभेद गर्ने परीपाटीका कारण यो रोग निवारणमा अप्ठयारो परेको बताए ।
कुष्ठरोगको औषधी निशुल्क रुपमा नजिकको स्वास्थ्य चौकीमा पाईने भए पनि विरामीहरु नजिकको स्वास्थ्य चौकीमा नगएर कसैले नचिन्ने टाढाको स्वास्थ्य चौकीमा गएर औषधी खाने गरेको पाएको कुष्ठरोगको क्षेत्रमा काम गदै आएको संस्था कोपीला नेपाल पोखराकी कार्यक्रम निर्देशक बिना सिलवालले बताए ।



सम्बन्धित
Loading...