पूर्वी नवलपरासी क्षयरोगको उच्च जोखिममा




नवलपरासी । पूर्वी नवलपरासी क्षयरोगको उच्च जोखिममा पाइएको छ ।

स्वास्थ्यको केन्द्रिय तथ्यांक अनुसार नवलपुर (पूर्वी नवलपरासी) मा प्रत्येक सरदर ८ सय ६० जना नयाँ क्षयरोगी भेटिने तथ्यांकमा उल्लेख छ ।




तथापि नवलपुरमा हरेक बर्ष सरदर ४ सय ५० जना नयाँ क्षयरोगी भेटिने गरेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

नवलपुरमा यस आर्थिक बर्षमा मात्रै २ सय २२ जना नयाँ रोगी भेटिएका छन् भने नवलपुरमा अहिले नयाँ र पुरानो गरी २ सय ४१ जना क्षयरोगीले उपचार लिइरहेका छन् ।

मंगलबार स्वास्थ्य कार्यालय नवलपुर र दामियन फाउण्डेशनको सहयोगमा नवलपुरको दलदलेमा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा दिइएको जानकारी अनुसार नवलपुरमा अहिले पनि १४ जना पुरुष र ४ जना कडाप्रकारका क्षयरोगीले उपचार लिइरहेका छन् ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईको अध्यक्षतामा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा परिवार नियोजन सुपर भाइजर विरबहादुर श्रेष्ठ, स्वास्थ्य कार्यालय नवलपुरका ल्याप टेक्नेसियन डिल्लीराम तिवारी, दामियन फाउण्डेशनका अप्रेसन म्यानेजर सालिकराम रिजालले नेपालमा क्षयरोगको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले आफ्नो धारणा राखेका थिए ।

डिआर होम बन्दै

कडा प्रकारका क्षयरोग लागेका रोगीहरुलाई उपचारका लागि नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा डिआर होम निर्माण अन्तिम चरणमा पुगेको छ ।

कडा क्षयरोग लागेकालाई होस्टेल सहित उपचार गर्न सकिने गरी कम्तिमा २० जनाको क्षमता सहितको डिआर होम निर्माण भईरहेको स्वास्थ्य कार्यालय नवलपुर क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीले बताए ।

१ करोड ५० लाखको लागतमा भवन निर्माण भईरहेको छ । नेपालमा अहिले तनहुको बन्दीपुरमा मात्रै एउटा डिआर होम छ भने देशभर २५ वटा डिआर सेन्टर रहेको छ ।



सम्बन्धित
Loading...