अर्थशास्त्रीको आँखामा प्रधानमन्त्री रोजगार कार्यक्रम


बेरोजगाार युवाहरुलाई रोजगाारी दिने प्रधानमन्त्री रोजगार कार्यक्रम आफैमा एउटा राम्रो कार्यक्रम हो भन्नुपर्छ । तर, यसको कार्यान्वयनको बाटोलाई हेर्दा खेरी सन्तोष लिने ठाँउ छैन् । बैदेशिक रोजगारमा पनि जान नसक्ने बेरोजगार युवाहरुलाई सानो तिनो सीपमुलक स्थानीय, स्रोत साधन पूँजीमा आधारित पेशा व्यवसाय र उद्योगमा रोजगार गराउने उद्देश्य प्रधानमन्त्री रोजगारको कार्यक्रम ल्याइएको हो । उद्देश्यका हिसाबले यो अत्यन्तै आवश्यक कार्यक्रम हो । तर कार्यान्वयनको बाटोमा जाँदा उद्देश्यमुलक छैन र उदेश्य मुलक बनाइएन भने युवाहरुलाई रोजगारी दिन सक्दैन् ।



यसको अर्थ यो कार्यक्रमको कुनै प्रभावकारिता छैन ?
कार्यक्रम प्रभावकारितालाई कसरी मापन गर्ने भन्ने कुरा हुन्छ । प्रभावकारितालाई कुन मापदण्डबाट नाप्ने ? उद्देश्य पुरा भएको भए यो एकदमै प्रभावकारिता कार्यक्रम हो । यही कार्यक्रम, यही ढांचा, यही मोडलका कार्यक्रमहरु हामी विदेशहरुमा पनि देख्छौं । ती कार्यक्रमहरु अत्यन्तै प्रभावकारी छन्, तर हामी कहाँ कार्यान्वयन भएका कार्यक्रमले सीप सिकाउने कार्यलाई जोड दिएको छैन । एउटा दैनिक ज्यालादारी जस्तो कुलो सफा गर्न, बाटोको झाडी सफा गर्न अथवा वनको झाडी सफा गर्न त्यस्ता खालका आयोजनाहरुमा युवाहरुको श्रम शक्ति प्रयोग गरिएको छ ।

यो एउटा अत्यन्तै क्षणिक रोजगारी हो । स्थायी प्रकृतिको रोजगारी युवाहरुलाई दिनका लागि पहिला यो कार्यक्रमले युवाहरुलाई सीपको विकास गराउनु पर्छ, तालिम दिनुपर्छ ।घडि बनाउने, रेडियो बनाउने, मोबाइल बनाउने, डोको नाम्लो बुन्ने हाम्रो परम्परागत सिपहरु छन् । ढुंगाका मूर्तिहरु बनाउने, चित्र बनाउने, विद्युत वाइरिङका कार्यहरुको तालिम दिने र तालिम प्राप्त गरेको युवाहरुलाई तालिम दिएको क्षेत्रमा रोजगारी दिने हो भने मात्र दिगो हुन्छ । प्रभावकारी हुन्छ, अहिले कै शैलीबाट अगाडि बढाउने हो भने यो प्रभावकारी हुदैन ।




यही कार्यक्रमको तथ्यांकलाई आधार मान्दा नवलपुरकै कुरा गनर््े हो भने एउटा पालिकामा बढीमा ५÷७ सय युवा बेरोजगार देखिन्छन् । साँच्चै त्यस्तै हो तथ्यांक ?
तथ्यांक त यो भन्दा पनि खराब छ । तथ्याङ्क कै कुरा गर्दा समग्र देशकैं आधारमा अनुमान गर्न सकिन्छ । हाम्रो देशमा बर्षैनी चार लाख युवाहरु श्रम बजारमा लाएका हुन्छन् । चार लाख मध्य ३ लाख युवाहरुको गन्तव्य बैदेशिक रोजगार, २५ हजारको वरिपरिमा मात्रै औपचारिक क्षत्रमा काम पाउछन् । आयोग लडेर २५ हजारलाई रोजगार बुझाउँछन् । बाँकी रहेका २५ हजारलाई अनौपचारिक क्षेत्र संस्थागत विद्यालयहरु, सहकारीहरु यस्ता क्षेत्रहरुमा उनीहरु सम्लग्न हुन्छन् । बाँकी रहेका ५० हजार पुर्ण रुपमा बेरोजगार हुन्छन् । यसरी ५० हजारलाई बेरोजगारले गर्दा खेरी एउटा पालिकामा ५÷७ सय अर्थात नवलपुर जिल्लामा बर्षेनी ५÷७ हजार बेरोजगार थपिने गर्दछ ।



सम्बन्धित
Loading...