होलीमा सार्वजनिक कार्यक्रम नगर्न पर्सा प्रहरीको आग्रह




होलीमा सार्वजनिक कार्यक्रम नगर्न जिल्ला प्रहरी कार्यालय पर्साले आग्रह गरेको छ ।घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै प्रहरीले होलीको नाममा कुनैपनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको हो ।

चैत १६ मा तराईका जिल्लामा होली मनाईदै छ । घरको छत, बरन्डा र झ्यालबाट  जबर्जस्ती पिच्कारी र लोला हानेमा कानुनी कारवाही गरिने पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए ।




सडकमा हिँडेका मानिसलाई इच्छा विपरित अवीर नदल्न प्रहरीले आग्रह गरेको छ । जिप्रका पर्साले विज्ञप्ति मार्फत भनेको छ, ‘कोरोना संक्रमण बढ्नेतर्फ सचेत रहँदै नागरिक जिम्मेवारी नभुलौँ ।’



सम्बन्धित
Loading...