लकडाउनको एक वर्ष : उद्योग, व्यापार र निर्माण तंग्रियो, कोमा मै छ पर्यटन
कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलन नदिन सरकारले गरेको लकडाउनको बुधबार ठ्याक्कै उक वर्ष पुरा भएको छ । फ्रान्सबाट आएका एक यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै शुरु भएको लकडाउनले अर्थतन्त्रमा दूरगामी प्रभाव त छाड्यो नै, संक्रमण रोकथाममा पनि उल्लेख्य योगदान गर्न सकेन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबारसम्म नेपालमा कोरोनाबाट २ लाख ७६ हजार २ सय ४४ जना संक्रमित भएका छन् । यस एक वर्षको बीचमा तीन हजार १९ जनाले कोरोनाकै कारण ज्यान समेत गुमाउनु परेको छ ।
मानव स्वास्थ्य जोखिम कम गर्न अपनाइएको यो सरकारले गरेको लकडाउनका कारण राज्यले १५ औं आवधिक योजनाका अधिकांश लक्ष्य भेटाउन सक्ने छैन । यसले आर्थिक वृद्धिमा प्रभाव पारेको छ भने गरिबी र बेरोजगारी दर बढाएको छ । अर्थ मन्त्रालयका अनुसार कोरोना महामारीका कारण प्रभावित भएको गतिविधिले पुँजीगत खर्चमा समेत प्रभाव पारेको छ ।
