सिरियामा १० बर्ष युद्धको कारण त्यसले निमत्याएको समस्या र हालको अवस्था
सिरिय युद्धको सुरुवात एक शािन्तपुर्ण विद्रोहबाट भएको थियो । उक्त विद्रोह राष्ट्रपति प्रति थियो भने त्यहि विद्रहले द्धन्द्धकको रुप लिदा ३८०,००० भन्दा बढी मानिसले ज्यान गुमाए, शहर ध्वस्त हुनुको साथै लाखौ मानिसहरु विस्तापित साथै कोभिड १९ को महामारीले पनि देशलाई अस्तव्यस्त बनाएको थियो।
युद्धअघिको सिरियाको दुई करोड २२ लाख जनसङ्ख्यामध्ये आधाभन्दा बढी घर छोडेर अन्यत्र गएका छन्।करिब ६७ लाख मानिसहरू आन्तरिक रूपमा विस्थापित भएका छन् र शिविरहरूमा बसिरहेका छन्। ५६ लाख मानिसहरू भने देशबाहिर शरणार्थीका रूपमा दर्ता भएका छन्।
छिमेकी लेबनन, जोर्डन र टर्कीले शरणार्थीको ठूलो सङ्ख्या व्यवस्थापनका लागि सङ्घर्ष गरेका छन्। एक करोड २० लाख मानिसहरू दैनिक पर्याप्त खानाका लागि सङ्घर्ष गरिरहेका र पाँच लाख बालबालिका नराम्ररी कुपोषित भएका छन्।
संयुक्त राष्ट्रसङ्घको बालबालिका हेर्ने निकाय युनिसेफका अनुसार युद्धका क्रममा करिब १२,००० बालबालिका घाइते भएका वा ज्यान गुमाएका छन्। सिरिया सरकारका प्रमुख समर्थक रुस र इरान बन्दै आएका छन् भने टर्की र पश्चिमा शक्ति अनि कैयौँ अरब राज्यहरूले विगत एक दशकमा विभिन्न तहमा विपक्षीलाई साथ दिँदै आएका छन्।
एक लाख सिरियाली शरणार्थी बालबालिका निर्वासनमै रहँदा जन्मिएका छन्। सिरियास् मानवीय सहायता स्थगित सिरियामा दश दिनमा १०० बढी गैरसैनिकको मृत्युु सन् २०२१ ज्यानुअरीसम्म एक करोड ३४ लाख मानिसहरू कुनै न कुनै किसिमको मानवीय सहायताको आवश्यकतामा छन्। तीमध्ये पनि ६० लाख चरम आवश्यकतामा रहेको राष्ट्रसङ्घले जनाएको छ।
एक दशक लडाइँ भएपछि देशभरका महत्त्वपूर्ण संरचना छरपस्ट छन्। राष्ट्रसङ्घले उपग्रहबाट सङ्कलित विवरण विश्लेषण गर्दा अलेप्पो सहरमा मात्रै ३५,००० भन्दा बढी संरचनाहरू भत्किएका वा ध्वस्त भएका छन्। यूकेमा रहेको अनुगमनकारी समूह सिरियन अब्जरभेटरी फर ह्यूमेन राइट्सले सन् २०२० को डिसेम्बर महिनासम्म ३८७,११८ मानिसको ज्यान गएको र तीमध्ये ११६,९११ जना सर्वसाधारण रहेको जनाएको छ।
