लागुऔषधसहित दुई जना पक्राउ


कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका– २ बाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार उनीहरूबाट ५ ग्राम, २ सय २० मिलिग्राम लागुऔषध बरामद गरिएको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका– ४, उत्तरबेहडीका २४ वर्षीय कृष्ण बम र सोही ठाउँका २५ वर्षीय विक्रम विक रहेका छन् । उनीहरू लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरबाट पक्राउ परेको प्रहरीको भनाइ छ ।




से ६ प ७८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूमाथि शंका लागेर जाँच गर्दा उक्त परिमाणको लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।



सम्बन्धित
Loading...