जहाँ विद्यार्थी लिन घरमै पुग्छन् शिक्षक


बिहान साढे १० बजे इच्छाकामना गाउँपालिकाको विकट पहाडी क्षेत्रमा पर्ने भुलभुले आधारभूत विद्यालयमा पुग्दा कार्यालय सहयोगी मदनबहादुर चेपाङले कक्षाकोठा सफा गर्दै थिए । त्यतिबेलासम्म वडा नं–२, तोबाङमा रहेको सो विद्यालयमा विद्यार्थी र शिक्षक कोही पनि आइपुगेका थिएनन् । सरकारी नियमअनुसार १० बजे विद्यालय खुलिसक्नुपर्छ ।



??

पौने ११ बज्दै गर्दा माथिल्लो डाँडाबाट विद्यार्थी आउन सुरू गरे । विद्यार्थीहरु हातमा पानीको बोतल र कापी बोकेर विद्यालय आउने क्रम सुरू भयो । २०÷२५ जना विद्यार्थीहरु आइपुगेपछि हस्याङफस्याङ गर्दै एक जना शिशु शिक्षिका विद्यालय आइपुगिन् । शिशु कक्षामा पढाउने उनी एकमात्र शिक्षक रहिछन् । त्यतिबेलासम्म विद्यालयका प्रधानाध्यापक विद्यालय आइपुगेका थिएनन् ।




११ बजेर १५ मिनेट जाँदा प्रधानाध्यापक विष्णु अधिकारी विद्यालय आइपुगे । प्रधानाध्यापक आएको केही समयपछि अर्की एक जना शिक्षिकाको पनि विद्यालयमा प्रवेश भयो । शिक्षकशिक्षिका समयमै विद्यालयमा नआउनुको कारण अनौठो लाग्यो ! विद्यार्थी लिन घरघरमै पुग्नुपर्ने भएका कारण शिक्षकहरु समयमै विद्यालय आउन नसकेका रहेछन् ।

प्रधानाध्यापकसहित तीन जना शिक्षकको दरबन्दी रहेको सो विद्यालयमा शिशुदेखि कक्षा ३ सम्म पढाइ हुन्छ । घरमा लिन नगई विद्यार्थी आउँदैनन् । भुलभुलेका शिक्षकहरु विद्यार्थी लिन घरमै जाने गरेका छन् । विद्यालयको सेवा क्षेत्रभित्र पर्ने कोटारी र थाइतेसबाट विद्यालयसम्म विद्यार्थी आइपुग्न डेढ घन्टा लाग्छ । कतिपय विद्यार्थीहरु थकाइ लागेर बाटोमै निदाउँछन् । कोटारी र थाइतेसबाट आउने विद्यार्थीहरु हिँड्न नसकेर बीच बाटोबाटै घर फर्किने गरेका छन् ।



सम्बन्धित
Loading...