भक्तपुरमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएका होटल सञ्चालकको मृत्यु




भक्तपुरको होटलमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएका सञ्चालकको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका-५ सृजनानगरस्थित भीमेश्वर म:म एन्ड चिकेन हाउसका सञ्चालक ३९ वर्षीय टिकाराम बस्नेतको मृत्यु भएको हो।




गत आइतबार साँझ सवा ६ बजे होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी भएको थियो। त्यसमा परी सञ्चालक टिकाराम बस्नेत र ग्राहकसहित ६ जना घाइते भएका थिए।

घाइते उनीहरूलाई कीर्तिपुर बर्न सेन्टर अस्पतालमा लगिएको थियो। सञ्चालकको शुक्रबार बिहान साढे ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए।

अन्य पाँच जनाको उपचार भइरहेको छ। काठमाडौं कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्कफ र ३९ वर्षीया गीता कार्की गम्भीर घाइते छन्।



सम्बन्धित
Loading...