६५ वर्षीय बाबुद्वारा १४ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार




बाग्लुङ घर भइ लामो समयदेखि गुल्मीको सदरमुकाममा बस्दै आएका एक ६५ वर्षीय बृद्धले आफ्नै १४ वर्षीया छोरीलाई गर्भधारण गराएको खुलासा भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर–८ बुढिचौर बस्ने बृद्धले आफ्नी १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरे गर्भधारण गराएको प्रहरीले खुलासा गरेको हो ।

जिल्ला प्रहरी कार्यालका प्रवक्ता डिएसपी  पुर्षोत्तमप्रसाद पाण्डेले भने, ‘पीडित बालिकाको आमाले प्रहरीलाई हिजो जाहेरी दिएकी हुन् । बाबु बाग्लुङ पुगेका रहेछन् उनलाई त्यहीँबाटै नियन्त्रणमा लिइ अनुसन्धानका लागि अहिले भर्खर जिल्ला अदालतबाट म्याद थप गरेका छौँ ।’




डिएसपी पाण्डेले आरोपितको उमेर यकिन भइनसके पनि बालिकाका आमाका अनुसार आरोपित बाबुको उमेर अन्दाजी ६५ वर्ष रहेको बताए । आरोपितमाथि पटक–पटक छोरीलाई बलात्कार गरेको आरोप छ । बालिका २० हप्ताको गर्भवती रहेको पनि उनले बताए ।

स्थानीयका अनुसार छोरीलाई बाबुले कुट्ने मार्ने धम्की दिँदै आएका थिए । रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले ती व्यक्ति विगत १५/१६ वर्षदेखि धामीको काम गर्दै बसेका थिए । वडाध्यक्ष भलामी भन्छन्,‘ परिवारलाई  छोरी गर्भधारण गराएको कुरा बाहिर ल्याए कुट्ने मार्ने धम्की दिँदै दमन गरेर राखेका रहेछन् । कक्षा ६ मा पढ्ने उनको बारेमा विद्यालयले नै यो कुरा बाहिर ल्याए पछि मैले सोधपुछ गर्दा यो कुरा खुलेको हो ।’



सम्बन्धित
Loading...