होलीमा रंग खेल्नु अघि जान्नै पर्ने कुरा
रंगहरूको पर्व होली नजिकिएको छ । रंगसंग प्रेम र सद्भाव साटासाट गर्ने यो पर्वमा कोरोना भाइरस संक्रमणको दोश्रो लहर देखिएसंगै सरकारले समुहमा नमनाउन आग्रह गरेको छ ।
तसर्थ यस पटकको होली केवल घरभित्र सिमित सदस्यबीच एक आपसमा मनाउनु पर्दछ । यस अलावा होलीको रंगका कारण हुनसक्ने केहि जोखिमबारे सचेत हुन आवश्यक हुन्छ । होली खेल्दा रंग र अबिरलाई मुख, नाक, आँखा, कानभित्र पस्न दिनु हुँदैन । अन्यथा निम्न समस्या हुनसक्छ ।
– होलीमा परमानेन्ट रंगबाट बच्नु पर्दछ । टल्किने सिल्भर, गोल्डेन रंग उपयोग गर्नु हुँदैन ।
– रंग किन्दा गुणस्तरयुक्त पानीमा घुलनशील रंग किन्ने र उपयोग गर्नु पर्दछ ।
– बजारमा पाइने रंग चुन, सिसा, अभ्रख, मर्करी जस्ता हानिकारक तत्वबाट बनेको हुन्छ ।
– समुह वा असुरक्षित रुपमा होली खेल्दा कोरोनाको संक्रमण हुने जोखिम रहन्छ ।
– असावधानी भई होलीको रंग आँखामा पसेमा यसले दृष्टि गुम्नेसम्मको खतरा रहन्छ ।
– आँखामा रंग परी रातो भए, पोले, आँसु बगे, सुन्निए वा घाउ भए अस्पताल जानु पर्दछ ।
– यस्तोमा उमालेर चिसो पारेको खाने पानीले बीसदेखि तीस मिनेटसम्म आँखा धुनुपर्छ ।
– लोलाले आँखामा चोट लाग्न सक्छ । यस्तोमा आँखा माड्नु हुन्न अस्पताल जानु पर्छ ।
– रंग कानमा परेमा सुन्ने क्षमता गुमाउने वा कानको जाली फुट्ने पनि हुनसक्छ ।
– कमसल रंगले छाला सम्बन्धी विभिन्न समस्या हुने, एलर्जी समेत गराउन सक्छ ।
– होलीमा प्रयोग गरीने रंगमा हुने खतरनाक रसायन दम जस्ता समस्या देखिन सक्छ ।
स्मरण रहोस्, रंग रसायन र हर्बल दुवै प्रकारले बनाइएको हुन्छ । रसायन भन्दा हर्बल रंग राम्रो हुन्छ । त्यसैले सम्भव भएसम्म होलीमा प्राकृतिक रंगको उपयोग गर्नुपर्छ ।
