अर्गानिक तरकारी खेती तालिम




कावासाेती । कुमारी निजी शैक्षिक गुठीको नियमित कार्यक्रम अन्तर्गत मध्यबिन्दु नगरपालिका वडा नम्बर १५, भिउरानमा सप्ताहब्यापी अर्गानिक तरकारी खेती तालिम भएकाे छ ।

गुठीले सन्चालन गरेको तालिममा गुठीका कृषि प्रशिक्षक मित्र लाल श्रेष्ठले किसानहरुको चाहना अनुसार जैबिक तरिकाले बिभिन्न तरकारी खेती गर्ने बारे तालिम प्रदान गरिनुका साथै जैबिक बिषादी बनाउने तरिका पनि सिकाउनु भएको थियो ।




तालिममा ३४ जना कृषकहरुको सहभागिता रहेको थियो । गुठीका गुठीयार प्रमुख नर बहादुर ठाडाको प्रमुख आतिथ्यता, योजना तथा लेखा प्रमुख दिपक लाल श्रेष्ठको बिशेष आतिथ्यतामा सहभागीहरुलाई प्रमाण पत्र र बिउ बिजन, जैबिक बिषादी बनाउने भाडा नि:शुल्क बितरण गरिएको थियो ।

तालिम कार्यक्रम गुठीको आयोजना र नव सुर्य किरण कृषि सहकारी संस्था लिमिटेड मध्यबिन्दु १५, भिउरानको सह आयोजनामा गरिएको थियो ।

तालिमको समापन समारोह नव सुर्य किरण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिश चन्द्र ढकालको सभापतित्वमा सन्चालन गरिएको थियो ।



सम्बन्धित
Loading...