कर्णालीका भूमिहीनको लगत संकलनको काम अन्तिम चरणमा




सुर्खेत । कर्णाली प्रदेशमा भूमिहीन नागरिकहरुको लगत संकलनको काम अन्तिम चरणका पुगेको छ ।  भूमि सम्बन्धी समस्या समाधान आयोगले कर्णाली प्रदेशमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने काम अन्तिम चरणमा पु-याएको जनाएको छ ।

आयोगले कर्णालीका १५ वटा स्थानीय तहहरुमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने योजना लिएको थियो ।
सोही अनुसार अहिले कर्णालीका सुर्खेत, सल्यान, डोल्पा, जाजरकोट, र रुकुम पश्चिम जिल्लाका केही पालिकाहरुमा लगत संकलनको कार्य  भएको छ ।
त्यी पालिकाहरुमा लगत संकलनको कार्य  अन्तिम चरणमा पुगेको हो ।
सल्यान जिल्लाको बागचौर नगरपालिका र कालिमाटी गाउँपालिकामा लगत संकलनको काम पालिकामा एकीकृत गरी त्यसलाई इन्ट्रि गर्ने काम भईरहेको भुमी सम्बन्धी समस्या आयोग सल्यानका अध्यक्ष लोक बहादुर डाँगीले बताए ।






सम्बन्धित
Loading...