नेपालमा आज ८९ जना संक्रमित थपिए


नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट नेपालमा थप ८९ जना संक्रमित थपिएका छन्।



यो समेत गरी नेपालमा कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ। आज काठमाडौँ उपत्यकामा थप ६५ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ५३० पुगेको छ।




हाल देशभर १ हजार २ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।



सम्बन्धित
Loading...