मोबाईल पडकेर बालकको मृत्यू




भारतको उत्तर प्रदेशको मिर्जापुरमा मोबाईलको ब्याटरी बिष्फोट हुनाले एक जना बालकको मृत्यू भएको छ। बिष्फोट यति भयंकर थियोकि बालकको अनुहारको धेरै भाग क्षतविक्षत भएको थियो। बिष्फोट हुने समयमा ति बालक ब्याटरी हातमा लिएर चार्ज गर्ने कोशिश गरिरहेका थिए।

मोबाईल चार्जिङको समयमा गर्न नहुने काम:




मोबाईल चार्ज गरिरहेको बेला मोबाईलमा कुरा गर्नु हुदैंन। त्यसबखत मोबाईलमा गेम खेल्नुपनि खतरनाक हुन्छ। फोनलाई स्विचअफ गरेर चार्ज गर्दा उपयुक्त हुन्छ।

मोबाईललाई पटक पटक चार्ज गर्ने समस्या कसरि कम गर्ने ?

मोबाईलको ब्याट्री चार्ज गर्दा ओरिजनल चार्जरबाट चार्ज गर्नु पर्छ। अन्य चार्जरको प्रयोग गर्नु हुदैंन। यदि ओरिजनल चार्जर बिग्रेको खण्डमा पुन कम्पनीबाटै ओरिजनल चार्जर किन्नु पर्दछ। यस्तै स्थानीय बजारमा पाईने सस्तो पावर बैंकको प्रयोग पनि गर्न हुदैंन।

फोनलाई ज्यादै तातो हुनुबाट बचाउनु पर्छ। यदि धेरै प्रयोगको कारण फोन तातेको खण्डमा केहीबेर चलाउन छोडनु पर्छ। यसैगरी राती आफ्नो साथमा राखेर सुत्नु पनि हानिकारक हुन्छ। मोबाईल फोनलाई केही पर राखेर सुत्नु राम्रो हुन्छ।।



सम्बन्धित
Loading...