३१४० मा पिसिआर गर्दा १६७ जनामा कोरोना पुष्टि


नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३१४० मा पिसिआर गर्दा १६७ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ।




पछिल्लो २४ घन्टामा ११५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ७२७ पुगेको छ।



सम्बन्धित
Loading...