नवलपुरमा होलीमा नियम उल्लंघन गर्नेबाट ७४ हजार जरिवाना
कावासोती । पूर्वी नवलपरासीमा सोमबार होलीको दिन नियम उल्लंघन गरेर सवारी चलाउनेबाट ७४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार मोटरसाइकल, हाइस, स्कुटर गरी मापसे गरी सवारी साधन चलाउने, हेल्मेट नलगाउने, क्षमता भन्दा बढी चढाउन, ओभर स्पिड चलाउन ९८ वटा सवारी साधनलाई कारवाही गर्दा ७४ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।
प्रहरीले नियम उल्लंघन गर्ने २ सय ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएकोमा १ सय ९ वटा सवारी साधनलाई कारवाही गर्न अझै बाँकी रहेको जनाएको छ ।
