हेटौडामा भीरबाट लडेर वृद्धको मृत्यु


राक्सिराङ गाउँपालिका–६ सिलिङ्गेमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार भीरबाट लडेर स्थानीय ७० वर्षीय भीमबहादुर प्रजाको मृत्यु भएको हो।



घटनाबारेमा अनुसन्धान भइरहेको र अहिले शवको मुचुल्का उठाउन ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोली घटनास्थलमा गएको प्रहरीले बताएको छ।



सम्बन्धित
Loading...