घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।
मंगलबारको तुलनामा ९०० रूपैयाँले घटेर आज बुधबार छापावाला सुन प्रतितोला ८५ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन आज ८५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला २० रूपैयाँ घटेर ११९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।