नेपालमा थप १५२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
पछिल्लो २४ घन्टामा थप १५२ जनामा कोरोना संक्रमण देखिएको छ।
४२ सय १३ नमूनाको पीसीआर परीक्षणमा १५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसहित संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बिहीबार थप ६५ जना कोरोनामुक्त भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ।
६३ जना क्वारेन्टाइन र १५ सय ७९ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।