दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगितामा भानु युथ एकेडेमी विजयी

पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा भानु युथ एकेडेमी विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा आज भएको भानु युथ एकेडेमीका विरुद्ध देवचुली निलो बिच भएको खेलमा भानु युथ एकेडेमी ३–० गोल अन्तरले विजयी भएको हो । आजको खेलमा भानु युथ एकेडेमीका आशिष महत्तोले २ गोल र मनिष थापाले १ गोल गरेका थिए । आजको खेलमा भानु युथ एकेडेमीका सन्जिव मोक्तान। म्यान अफ दि म्याच भएका थिए।
नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोलीको खेल गैंडाकोट फुटबल र नमुना युवा क्लबबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।