ब्राजिलमा एकैदिन ३८ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु
कोरोनाभाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरूले बुधबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा तीन हजार ८ सय ६९ जनाको मृत्यु भएको हो ।
योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरूको कूल सङ्ख्या तीन लाख २१ हजार ५ सय १५ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।
धेरै सङ्क्रमित रहेको देशहरूको सूचीमा दोस्रो क्रममा रहेको ब्राजिलमा अहिलेसम्म एक करोड २७ लाख ४८ हजार ७ सय ४७ जना सङ्क्रमित भएका छन् । तीमध्ये ९० हजार ६सय ३८ जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।