प्रदेश २ मा धेरै बालबालिका विद्यालय पहुँच बाहिर


प्रदेश २ मा रहेका सामुदायिक विद्यालयमा बालबालिकाको ड्रप आउट (विद्यालय छोडने) दर उच्च रहेको पाइएको छ ।प्रदेश २ को धनुषाका चारवटा स्थानीय तहमा ५ वर्षदेखि सञ्चालित ‘राम्रो शिक्षा देऊ’ कार्यक्रमको केन्द्रस्तरीय अनुभव आदानप्रदान कार्यक्रममा सहभागीले विद्यालय छोड्ने दर उच्च रहेको बताएका छन ।



सो कार्यक्रममा सहभागीले धनुषा जिल्लामा विद्यालय शिक्षाको पहुँचभन्दा बाहिर रहेको बालबालिका समेत धेरै रहेको सहभागीले जनाएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारको आगामी नीति तथा कार्यक्रममा प्रदेश २ को शैक्षिक सुधारलाई प्राथमिकता दिइने बताए ।

नर्वेली दूतावासको सहकार्यमा आसमान नेपाल र शिक्षा पत्रकार समाजले बुधबार आयोजना गरेको सो छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारले बजेट तथा कार्यक्रम तयार प्रदेश २ लाई प्राथमिकतामा राखिने जनाए ।




“एक्काइसौं शताब्दीको गुणस्तरीय शिक्षाका लागि योजना र कार्यान्वयन बनाउन आवश्यक छ ।” मन्त्री श्रेष्ठले भने “शिक्षा नीति ठीक नभएसम्म मुलुकको समृद्धि सम्भव छैन भन्नेमा हामी स्पष्ट छौं ।”

सो अवसरमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय राम्रोसँग सञ्चालन हेडसरलाई उच्चदायी बनाउन स्थानिय तहले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

सो अवसरमा धनुषाका चारवटा स्थानीय तहमा पाँच वर्षदेखि संचालन हुदै आएको ‘राम्रो शिक्षा देऊ’ कार्यक्रमको समीक्षा गर्दै समिक्षा समेत गरिएको छ ।

धनुषाको सबैला नगरपालिका, गणेशनाथ चारनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकामा सञ्चालित उक्त परियोजना ९२ विद्यालयमा केन्द्रित रहेको छ ।

१७ हजार भन्दा बढी विद्यार्थीबीच कार्यान्वयन भइरहेको यो परियोजनाले बालश्रम मुक्त गर्ने, भर्ना अभियान, विद्यालय र घरमा बालमैत्री तथा लैङ्गिकमैत्री सिकाइ अभिवृद्धि गर्ने मुख्य लक्ष्य लिएको कार्यक्रम सञ्चालन गरिहेको छ ।



सम्बन्धित
Loading...