विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त
विज्ञापन बोडएको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई अध्यक्षमा नियुक्त गरेको हो । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट हुमागाईलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हुमागाईं यसअघि नेपाल टेलिभिजनको महाप्रवन्धकमा पनि खुला प्रतियोगिताबाट प्रवेश गरेका थिए । उनी अहिले ईमेज च्यानल प्रालिको कार्यकारी प्रमुखको रुपमा कार्यरत रहेका छन् ।
अध्यक्षका लागि तीन जनाको आवेदन परेको थियो । जसमा हुमागाईंसँगै लेखनाथ शर्मा (पंगेनी) र रमेशकुमार खड्का थिए ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले फागुन २० गते मात्रै सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो ।
त्यस्तै सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । समितिका सदस्यहरूमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको छ ।
https://www.youtube.com/watch?v=AGp0ALmCp1o&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=4