बागमती प्रदेशसभाको बैठक चैत २४ गते


चैत २४ गते बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पटक पटक सूचना टाँस गरी स्थगित हुँदै आएको बैठक २४ गते मंगलबारका लागि आह्वान भएको हो ।



प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको हो ।

तत्कालिन नेकपाका ४५ जना सांसदहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पुस १० गते दर्ता गराएका थिए ।




सर्वोच्चको पछिल्लो फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर सांसदहरुले फिर्ता लिइसकेका छन् ।



सम्बन्धित
Loading...