गोठमा आगो लाग्दा १५ चौपायाको मृत्यु


सर्लाहीको हरिवनमा शनिबार बिहान आगलागी हुँदा १५ वटा चौपायाको जलेर मृत्यु भएको छ ।



हरिवन नगरपालिका ९ बस्ने रमेश उप्रेतीको गोठमा बिहान ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीाबाट गोठमा बाँधिएको एउटा पाडी र १४ वटा खसी/बाख्राको जलेर मृत्यु छ ।




आगलागीले तीन लाख बराबरको क्षति भएको छ । आगोलाई स्थानीय प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो ।



सम्बन्धित
Loading...